मोक्फो नेपाली समाज दक्षिण कोरिया नामक नया संस्था गठन

Published: May 7, 2019 | 12:22 pm | मङ्लबार, बैशाख २४, २०७६ | १७७५ पटक पढिएको

भिजन नेपाल टिभि ,संवाददाता मोक्पो –

मोक्फो नेपाली समाज दक्षिण कोरिया नामक नया संस्था दक्षिण कोरियामा  स्थापना भएको छ ।
2019 मे 3 तरिखको दिन दक्षिण कोरिया स्थित हुन्डाइ साम्हो परिसरमा बसेको एक भेलाले मदन दुलालको अध्यक्षतामा नेपाली समाज मोक्फो दक्षिण कोरिया नामक एक कमिटी गठन गरेको हो । उक्त भेला संगै गठन गरिएको नया कमिटीले मे 21 तारीख अर्को बैठक बस्ने निर्णय गर्दै विभिन्न प्रस्तावहरु सर्बसम्मत पारित गरेको थियो ।

 

कमिटीले जम्मा १६ सदस्यीय कार्यसमिती गठन गर्दै दुई सल्लाहकार पनि चयन गरेको हो । अध्यक्षमा मदन दुलाल ,उपाध्यक्षमा रुपेश खड्का ,सचिवमा भानु गिरी ,कोषाध्यक्षमा तारानाथ आचार्य ,र सहसचिवमा भरत खड्का चयन भएका हुन् । अन्य सदस्यहरुमा मिलन खड्का ,रुपेश तिम्सिना ,डम्बर मल्ल ,तारा अयर ,रबि बम ,हस्त बा स्याङ्तन ,रुमेश बेलबासे,बुद्ध राज आङ्देम्बे ,बसन सुवेदी ,दिनेश बुडामगर र शिशिर मानन्धर रहेका छन् । त्यस्तै संस्थाका सल्लाहकारमा याम्फु राई र नबराज बस्नेतलाई भेलाले चयन गरेको हो ।

 

 

दक्षिण कोरियामा रहेर काम गर्दा विभिन्न समस्याबाट गुज्रिरहेका तथा समस्यामा परेका साथीभाईलाई विभिन्न सामाजिक र नैतिक सहयोग गर्ने उद्धेश्य राखेर संस्था स्थापना गरिएको संस्थाले जनाएको छ । साथै नेपाललाई सकरात्मक रुपमा विकासको लागि सहयोग पुर्याउन पनि निश्वार्थ एवम सकरात्मक सोचले यो संस्थाको स्थापना गरिएको संस्थाका अध्यक्षले बताएका हुन् । कोरियामा विभिन्न संघ संस्थाहरु धेरै भएपनि कुनै- कुनै संस्थाहरु राजनीतिक स्वार्थ मनोभावले अघि बढेकोले यो मोक्फो नेपाली समाज दक्षिण कोरिया नामक संस्था त्यस्ता कुराहरु भन्दा अलि भिन्नै रहेर काम गर्ने उदेश्य सहित सस्थाको निर्माण गरिएको संस्थाले जनाएको छ ।

१७७६ Total Views ६ Views Today

Comments