मे १२ तारिक कोरियामा नेपाली कथानक चलचित्र साँईली भव्य रुपमा प्रदर्शन हुने

Published: April 26, 2019 | 2:34 am | शुक्रबार, बैशाख १३, २०७६ | १९ ५८ पटक पढिएको

 

भोजपुर परिवार, दक्षिण कोरियाले यहीँ आउने मे महिनाको १२ तारिक आईतबारको दिन कोरियाको राजधानी सउलमा नेपाली कथानक चलचित्र साँईली भव्य रुपमा प्रदर्शन गर्ने भएको छ। दक्षिण कोरियाको बिभीन्न स्थानहरुमा नेपालीहरु डिप्रेशनको शिकार भईरहेकोले मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्दै जिल्लाको गरिब तथा जेहेन्दार बिधार्थी छात्रवृत्ति कोष निर्माण सहयोगार्थस्वरूप चलचित्र प्रदर्शनी हुने भएको हो ।

 

 

यहि आउँदो २०१९ मे १२ का दिन नेपालका सुप्रसिद्व कलाकार दयाहाङ राई, गौरव पहारी , मेनुका प्रधान, तथा केनिप सिंहद्वारा अभिनित चलचित्र साँईली प्रदर्शन गरिने भएको छ । अझ प्रवासमा रहनेहरुको जिवनसंग मेल खाने कथावस्तु भएकोले पनि चलचित्र हलसम्म आईदिनुहुन संस्थाले सबैलाई अनुरोध गरेको छ ।

 

 

प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदि बहिनीहरु लगायत अग्रज बुद्दिजिवि अन्य विभिन्न संघ -संस्था, पत्रकार, व्यावसायी ,विधार्थी ,मजदुर लागायत   सम्पुर्णबाट सकारात्मक भुमिका साथै सहयोगको अपेक्षा राख्दै भोजपुर परिवार दक्षिण कोरियाका अध्यक्ष उमेश राईले उपस्थितिको लागि सम्पूर्णलाई हार्दिक अनुरोध समेत गरेका छन ।

स्थान : 성복구청 Hall
मिति : २०१९ मे १२
समय : दिनको ठिक १२ बजे ।
आयोजक : भोजपुर परिवार , दक्षिण कोरिया

बिस्तृत जानकारीको लागि : उमेश राई ०१०७३६१०२४७
सुमन्त मगर ०१०२१४३९७७३
श्याम सम्पांङ्ग राई ०१०२९४८३८८१
पार्वती राई ०१०२१७४७३४८
रञ्जन थापा ०१०२१७५२४०३
गोविन्द बि सी ०१०२१९७८१५४
हाङखिम छा ०१०७६१३५७५१
ट्रेलर तल लिंकमा :

https://youtu.be/KdvtXi1fBsA

१९ ५९ Total Views १२ Views Today

Comments