स्याङ्जा परिवार दक्षिण कोरियाले “चौथो स्याङ्जा भलिबल कप २०१९” भब्यताको साथ् तयारी गर्दै
“अनुशासन र स्वास्थ्यको लागी खेल, मनोरन्जनको साथ प्रवासमा नेपालीको मेल “ भन्ने मूल उद्घोषसँगै कोरियामा रहेको अति सक्रिय र गौरवमय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले “चौथो स्याङ्जा कप २०१९” प्रतिस्पर्धात्मक मैत्रीपूर्ण भलिवल प्रतियोगिता गर्ने भएको छ । कोरियामा भलिवल प्रतियोगिताको लागी साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस सिजन(२०१९)कै पहिलो प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो मे ५ तारिक आईतबारका दिन सउलस्थित 한성대학교, 낙산관 building को तेस्रो तल्ला मा “चौथो स्याङ्जा कप २०१९”को आयोजना गरिने भएको हो ।
यस प्रतियोगितामा पनि भलिवल संघको नियमानुसार पुरस्कार प्रथम र द्वितीयले कप, सम्मान पत्र सहित क्रमशः १३ लाख वोन (करिब नेपाली १ लाख ३० हजार रुपिया ) र १० लाख वोन ( १ लाख रुपिया) प्राप्त गर्ने छन् । त्यसै गरि दुई सेमीफाइनलिष्ट टिमले प्रति टिम ३ लाख पचास हजार वोनका दरले पुरस्कार हात पार्नेछन साथै खेलको आधारमा एक जना उत्कृष्ट खेलाडीलाई कप, नगद र सम्मान पत्रले सम्मान गरिने स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रिय सचिव भक्त थापाले जानकारी गराए ।
उक्त भलिवल प्रतियोगिता सभ्य र भव्य रुपमा सफल बनाउन आर्थिक, नैतिक ,भौतिक सबैखाले सहयोग गर्नुहुन कोरिया स्थित सम्पूर्ण संघ संस्थाहरु,व्यापारी, विद्यार्थी, समाजसेवी, बुद्धिजिवी तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिद वहिनीहरुलाई स्याङ्जा परिवारका अध्यक्ष युवराज गुरूङले हार्दिक अनुरोध गरेका छन । साथै भलिबल खेलप्रेमी सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजु -भाईहरूमा स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा उपस्थितिको लागी हार्दिक अनुरोध गरिएको छ ।
उक्त प्रतियोगिताको लागी कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरूलाई पत्राचार गरिसकिएको पनि संस्थाले जनाएको छ । कुनै कारणवशपत्र प्राप्त नभएमा यसै सूचनाको आधारमा सहभागिता जनाउन सक्नुहुने पनि संस्थाले जनाएको छ ।,उक्त प्रतियोगिताको लागी टिम दर्ता तथा टाईसिट(Tie-sheet) निर्माण र सार्वजनिक अप्रिल २८ तारीख गरिने छ। उक्त दिन भलिबल खेलमा मनोरन्जन लिनुको साथमा स्वादिष्ट नेपाली परिकारका खाना संगै अन्य सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि हुने आयोजक परिवारले जानकारी गराएको छ । कार्यक्रम हुने मिति, स्थान र समय तालिका भने यस्तो रहेको छ ।
मिति : २०१९ मे ५ तारिक आईतबार ।
समय : बिहान ठीक ९:०० बजेदेखि बेलुका ६:०० बजेसम्म ।
स्थान : Hansung university ( 한성대학교)낙산 관 building’s 3rd floor
(जाने तरिका:- सव-वे ४नं लाइनको 한성대입구 역(hansung university) यक को ३नं गेटबाट सिधै अगाडि ५/६मिनेटमा पुग्न सकिन्छ, अथवा दोङदेमूनबाट taxi मा ७/८ मिनेट)