ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाद्वारा मृगौला पीडित भेषकुमारी र मस्तिष्कको बिरामी प्रभात राईलाई आर्थिक सहयोग प्रदान

Published: April 18, 2019 | 1:41 am | बिहिबार, बैशाख ५, २०७६ | १३६७ पटक पढिएको

भिजन नेपाल टिभी संवाददाता –

ओखलढुङ्गगा सेवा समाज दक्षिण कोरियाले एक मृगौला पीडित भेष कुमारी थापा र प्रवासमै काम गर्दा टाउकोमा चोट लागेपछि ब्रेनमा असर पुगेका प्रभात राईलाई आर्थिक सहयोग प्रदान गरेका छन् । ओखलढुङ्गगा जिल्लास्थित सुनकोशी गाउपालिका वार्ड न ३ निवासी बिष्णु बहादुर थापाकी जेठी छोरी वर्ष १५ की भेष कुमारी कक्षा १० मा पढ्दै गर्दा उनको एक्कासी मृगौला खराब भएपछी जीवन मरणको दोसाधमा पुगेकी छिन । उनलाई बचाउन उनकै बुवाले मृगौला दान गर्ने भएपनि त्यसको लागी रकम अभाव भएकोले पीडित परिवारले सहयोगको अपिल गरेको थियो ।

ओखलढुङ्गगा सेवा समाज दक्षिण कोरियाले अप्रिल १० तारिकसम्म संचालन गरेको अभियानबाट जम्मा एघार लाख पैतीस हजार कोरियन वन संकलन गरी नेपालमा पीडित समक्ष नेपाली १ लाख दश हजार रुपिया हस्तान्तरण गरिएको अभियानका संयोजक केशव कुमार श्रेष्ठले बताएका हुन् ।https://youtu.be/IuI0zM3dvEc

 

 

 

मृगौला पीडित भेष कुमारी थापालाई बचाउन मलेसियास्थित ओखलढुङ्गगा एकता सेवा समाज मलेसियाले पनि सहयोग थपेको छ । एकता सेवा समाज मलेसियाले भेष कुमारीलाई जम्मा २९ हजार रुपिया हस्तान्तरण गरेको थियो ।

 

त्यस्तै गृह जिल्लाकै मानेभंज्यांङ् गाउपालिका वडा न ३ उन्बुका प्रभात राई पनि आफ्नो घरको दुख छल्न सकिन्छ कि भनी दुबईमा काम गर्न गएका थिए तर सोचेजस्तो कहा हुन्छ र मानिसको जिवनमा । एकदिन काम गर्दा- गर्दै ब्लड प्रेसरले हानेपछि उनी कर्यस्थलमै ढले र मस्तिष्कमा गहिरो चोट लाग्न पुग्यो । जसका कारण उनले दुबईको एक अस्पतालमा ८ महिनादेखि निरन्तर मस्तिष्कको शल्यक्रिया उपचार गराईरहेका छन् ।

 

 

कम्पनि र अस्पतालले नेपाल फर्काउने प्रक्रिया गरेसंगै उनको परिवारमा उपचारको लागी कत्ति पनि रकम नभएकोले उनको उपचार सहयोगार्थस्वरुप समाजले फ़डीन्द्र अधिकारीको संयोजकत्वमा अप्रिल १० तारिकसम्म अर्को अभियान संचालन गरेको थियो । उक्त अभियानबाट जम्मा प्रभात राईको लागी १४ लाख ३६ हजार कोरियन वन संकलन भएको थियो । उक्त संकलित रकम पीडित प्रभात राईको परिवारलाई नेपाली रकम १ लाख ३९ हजार रुपिया हस्तान्तरण गरि सकिएको पनि अभियानका संयोजक फडीन्द्र अधिकारीले जानकारी दिएका हुन् ।

१३६८ Total Views १२ Views Today

Comments