कोरियामा फेरी एकजना नेपालीको मृत्यु

Published: April 13, 2019 | 1:08 am | शनिबार, चैत्र ३०, २०७५ | ३३२० पटक पढिएको

भिजन नेपाल टिभी ,संवाददाता –

रोजगारीको सिलसिलामा ८ बर्ष अगाडी कोरिया आएर छुंगछंगनम्दोको हाप्त्कमा काम गरिरहेको काठमाडौं निवासी बर्ष ४७ को धुर्ब भण्डारीको हृदयघात भएर उपचारको क्रममा हिजो अप्रिल ११ तारिक बिहिबार छनान स्थिति थान्कुक युनिभर्सिटी अस्पतालमा मृत्यु भएको छ ।

 

उपचारको लागि मृतकलाई ६ तारिक अस्पतालमा भर्ना गरिएको थियो । मृतक शुरुमा इपिएस अन्तर्गत कोरिया आएर गत ३ वर्षदेखि बिना भिषा काम गर्दै आएको थियो । मृत्युको बारेमा नेपाली राजदुताबास र परिवारलाइ जानकारी गराईसकिएको छ । मृतक भण्डारीको नेपालस्थित गृह जिल्ला काठमाण्डौमा श्रीमती सहित ४ जना छोराछोरी रहेको बुझिएको छ ।

 

कोरियामा यसरी मृत्यु हुने नेपाली कामदारहरुको संख्या दिनानुदिन बृद्धी भइरहेकोले नेपालीसमाजमा एक किसिमको भय उत्पन्न भएको छ भने यहाँ रहेका बिभिन्न संघ संस्थाहरुले यसको निराकरण गर्न धेरै अगाडीबाट उपायहरु खोजिरहेको छ । हिजो बिहीबार मृत्यु भएको भण्डारीको शव् नेपाल पठाउन कोरियास्थित नेपाली राजदुतावास र एनआएएनए दक्षिण कोरियाले आर्थीक सहयोगको आवश्यकता परेको बताउँदै सहयोगको लागी सबै नेपालीसंग अनुरोध समेत गरेको छ ।

३३२१ Total Views ६ Views Today

Comments