कोरियाबाट रास्कोट अस्पताल निर्माणको लागी झन्डै आधा करोड सहयोग संकलन

Published: April 9, 2019 | 10:25 am | मङ्लबार, चैत्र २६, २०७५ | ११०९ पटक पढिएको

 

भिजन नेपाल टिभी ,संवाददाता –

सिधाकुरा जनतासंगका कार्यक्रम प्रस्तोता पत्रकार रबि लामिछानेको संयोजकत्वमा कालिकोटस्थित निर्माणाधीन स्मार्ट रास्कोट अस्पतालको सहयोगार्थ रकम जम्मा ४० लाख रुपिया संकलन भएको छ । कोरियामा रहेका नेपालीहरुमार्फत करिब ३ महिनासम्म चलेको अभियानबाट ४० लाख रकम उठाउन सफल भएको अभियानका संयोजक यम श्रेष्ठले बताएका छन् ।

 

आईतबार राजधानी सोलस्थित एक कार्यक्रम हलमा रास्कोट अस्पताल सहयोग अभियान तथा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियानले पत्रकार सम्मेलन गर्दै विभिन्न क्षेत्रबाट ३ करोड ८५ लाख ४८ हजार २ सय ७५ कोरियन वन ( लगभग ४० लाख रुपिया ) संकलन भएको र उक्त रकम नेपाल पठाईने जनाएको छ ।

 

 

 

तीन महिनासम्म चलेको अभियान आईतबारबाट नै बन्द गरिएको घोषणा गर्दै यस सहयोग अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी हुनुभएका सम्पूर्ण नेपालीहरुलाई अभियन्ताहरुले धन्यवाद ब्यक्त गरेका छन् । साथै यस अभियान सफल हुनुमा कोरियामा रहेका विभिन्न व्यक्ति व्यक्तित्वहरु , व्यवसायी , श्रमिक मजदुरहरुको ठुलो भूमिका रहेको बताउदै अभियानका संयोजक यम श्रेष्ठले सबैको प्रसंसा गरेका छन् ।

१११० Total Views ६ Views Today

Comments