किरात राई यायोख्खा द कोरियाको अप्रिल १४ तारिकमा हुने भनिएको अधिबेशन सर्यो

Published: April 9, 2019 | 9:48 am | मङ्लबार, चैत्र २६, २०७५ | २२१० पटक पढिएको

भिजन नेपाल टिभी ,संवाददाता –

 

किरात राई यायोख्खा दक्षिण कोरियाको १३ औ महाधिबेशन यही अप्रिल १४ तारिक आईतबार सम्पन्न हुने भनिएकोमा बिबिध कारणले मिति सरेको छ । लामो समयदेखि अधिबेशन सम्पन्न गर्न सबै तयारी सकिएपनि अप्रिल १४ तारिकमा नयाबर्ष २०७६ को सांगीतिक कार्यक्रमहरु आयोजना हुन गईरहेको हुदा महाधिबेशन स्थगित हुन पुगेको हो ।

 

 

अधिबेशनको अर्को मिति तय नभएसम्मको लागी केहि हप्ता पर मिति सरेको किरात राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तावाले जानकारी गराएका छन् । अकस्मात महाधिबेशनको मिति सार्नु पर्दा विभिन्न अतिथी लगायत राई बन्धुहरुमा पर्न गएको असरप्रति अध्यक्ष बान्तावा राईले क्षमा याचना गर्दै अर्को मिति तय गरेपछि फेरी जानकारी गराईने बताएका छन् ।

 

अप्रिल १४ तारिकमा पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नेपालबाट द भ्वाईसका बिजेता सिडी विजयराज अधिकारी साथै गायीका श्रेयसी चेम्जोङ्गको उपस्थितिमा नयाबर्ष सांगीतिक कार्यक्रम तय गरेपछि उक्त कार्यक्रमलाई मध्यनजर गर्दै महाधिबेशनको मिति सारिएको अध्यक्ष राईले बताएका हुन् ।

२२११ Total Views ३ Views Today

Comments