कोरिया आएका श्रमिक बिक्रम राईलाई क्यान्सर ,सहयोग गरेर जीवन बचाईदिन बिरामीको अनुरोध

Published: March 22, 2019 | 1:54 am | शुक्रबार, चैत्र ८, २०७५ | ११३३३ पटक पढिएको

स्रोत :फाईल फोटो

भिजन नेपाल टिभि ,संवाददाता –

दक्षिण कोरियालाई करिब २ वर्ष अगाडी कर्मभूमि बनाएर आउन पाउदा जति खुशी थिए बिक्रम राई ,अहिले जिन्दगीबाट हरेश खाइरहेका छन् र कोरियामा रहेका करिब ४० हजार नेपालीसमक्ष अन्तिम पटक जीवनको भिख मागीरहेका छन् । पिता डम्बर बहादुर राई र माता बिन्दा राईको कोखबाट बि स २०४५ पुष १४ गते खोटाङ्गमा जन्मिएका बिक्रम राई,सानै उमेरमा मोरंगको बिराटनगर महानगरपालिका वडा न ९ मा आमा बुवासंगै बसाईसरेर आएका हुन् । सामान्य परिवारमा जन्मिएका राई समयसंगै हुर्कदै गएपछि दुखलाई भगाउन तथा चरम आर्थिक अभावलाई छल्न भनी कोरियन भासा पढेर कृषि क्षेत्रमा कोरिया आए । शुरुमा च्याउ कम्पनीमा परेका बिरामी राई कम्पनी डूबेपछि कुखुरा फारममा गएका थिए । त्यही कुखुरा फर्ममा काम गर्दै जादा उनको स्वास्थ्य झन् बिग्रदै गयो र त्यहाको वातावरणले बिस्तारै असर गर्दै जादा सामान्य नाकमा पिनास जस्तो दुखाई बढ्दै गएपछि औषधी सेवन गरे तर जती औषधी सेवन गरेपनि ठिक भएन ।

 

 

शुरुमा च्याउकम्पनी आएको ४ महिनामै डूबेपछि कुखुरा फर्ममा गएका उनी त्यहा गएको ३ महिनासम्म काम गर्दा उनलाई उक्त क्यान्सरले बिस्तारै आक्रमण गरिरहेको थियो उनलाई पत्तै भएन । उनी आएको ७/८ महिना मात्र काम गरेपछि एक पाटा टाउको देखि खुट्टासम्मै दुखाई बढ्दै गयो र उपचारमा हस्पिटल जादा त्यहाको डाक्टरले उनलाई न्याजल क्याभिटी अर्थात नाकको क्यान्सर भएको बताएपछि उनी छाँगाबाट खसेजस्तै भए । त्यसपछीका दिनहरु उनको लागी अन्धकारमय भएको छ । उनले थोंग्देमुंनस्थित नेशनल मेडीकल अस्पतालमा पहिलो चरणको क्यान्सर रोकथाम गर्ने सामान्य उपचारविधी नेपाली ८ लाख रुपिया खर्चेर गरिरसकेका छन् र दोस्रो चरणको लागी अस्पताल जान उनीसंग एकपैसा पनि छैन ।

पैसाको चरम अभावमा हरेक दिनहरु वित्दै जादा आफु मृत्युको नजिक पुगेझै महशुश गरिरहेका बिरामी बिक्रम राई दोस्रो चरणको लागी पैसा जुटाउन सके डाक्टरको सल्लाहअनुसार उनको रोग शरीरको अन्याभागमा नफैलिने र रोग निको हुने सम्भावना भएको क्यान्सर पीडित राईले बताएका छन् । डाक्टरका अनुसार उक्त न्याजल क्याभिटी क्यान्सरले देब्रेपट्टॆको पुरै एक पाटानै संक्रमण गर्दछ र त्यो क्यान्सर हड्डीमा सरे मान्छेको मृत्युभन्दा विकल्प नहुने बताएका छन् । यसर्थ क्यान्सर पीडित बिक्रम राईलाई बचाउनको लागी दक्षिण कोरियामा मोरंग डाईनामिक कमिटी कोरिया, किरात राई यायोख्खा कोरिया साथै उदयपुर सेवा समाजले संयुक्त अभियान चलाउने भएको छ ।

 

 

यो अभियानमा कोरियाबासी सम्पुर्ण संघ -संस्था तथा चालीस हजार नेपालीहरुलाई सहयोगको लागी बिक्रम राई बचाउ सहयोग अभियानका संयोजक बालकृष्ण बांतावा साथै अभियानका उपसंयोजक भुवन तिमिल्सिनाद्वारा हार्दिक अनुरोध गरिएको छ । क्यान्सर रोगबाट पिडीत राईलाई आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुले यो खाता न (१००२-३५३-९७४७२० Woori Bank Bantawa Bal krishna ) नामको खातामा सहयोग रकम पठाई संयोजक बालकृष्ण बांतावालाई जानकारी गराईदिनुहुन पनि अभियानका संयोजकद्वारा अनुरोध गरिएको छ ।

 

 

साथै कोरियाबासी नेपालीहरुमाझ क्यान्सर पीडीत बिक्रम राईले पनि सहयोग गरिदिएर जीवन बचाईदिनुहुन सबैसंग अनुरोध गरेका छन् । आफुलाई कोरियाबासी सम्पूर्ण नेपालीहरुले एउटा सोजु र एक प्याकेट चुरोट सेवन गर्ने रकम मात्रै सहयोग गरेपनि जिन्दगीले पुनर्जन्म पाउने कुराको अपेक्षा राख्दै सहयोग गरिदिनुहुन सम्पूर्णलाई हार्दिक अनुरोध गरेका छन् पीडीत बिक्रम राईले । संगै यसै समाचार मार्फत बिरामी राईलाई सिधा सम्पर्क गरेर बुझ्न चाहनुहुने व्यक्तिले बिक्रम राईको सम्पर्क न ०१०-२१४२-७५४२ मा फोन गर्नसक्नुहुनेछ । त्यस्तै आर्थिक सहयोग अभियानका संयोजक बालकृष्ण बान्तावा राईको सम्पर्क न पनि 010-51928344 रहेको छ ।

११३३४ Total Views ३ Views Today

Comments