थेरानोस्टिक्स वर्ल्ड कन्फेरेन्समा नेपालका डा. गुप्ता बने सवैभन्दा कान्छो अन्तर्राष्ट्रिय आमन्त्रीत वक्ता

हालै यही मार्च महिनाको १ देखि ३ तारिकसम्म कोरियाको जेजु प्रान्तमा “पाँचौ थेरानोस्टिक्स वर्ल्ड काँग्रेस’ सम्पन्न भएकोे छ। उक्त सम्मेलनमा के-के भए भन्ने बिषयमा नेपालको प्रतिनिधीत्व गर्दै वक्ताको रुपमा त्यहा पुगेका डा.अरुण गुप्ताले आफ्नो अनुभवको कुरा यसरी लेखेका छन् :
उक्त सम्मेलनमा मलाइ एउटा अन्तर्राष्ट्रिय आमन्त्रित बक्ताको रूपमा “इन्भाइटेड टक” दिनको लागी आमन्त्रण गरिएको थियो। ३८ देशबाट बोलाइएका अन्तर्राष्ट्रिय बक्ताहरु सहित उक्त सम्मेलनमा करिब ३५० जना सहभागी भएका थिए। नेपालबाट उक्त सम्मेलनमा म मात्र उपस्थित थिए। सम्मेलनको दोस्रो दिनको साँझ अन्तर्राष्ट्रिय आमन्त्रित बक्ताहरुको लागी मात्र आयोजना गरिएको इन्भाइटेड डिनरमा त्यस सम्मेलनका आयोजक अध्यक्षले नेपालबाट आमन्त्रित मलाई सम्मेलनकै कान्छो अन्तर्राष्ट्रिय बक्ताको रूपमा चिनाउदै सम्मान गरेका थिए। त्यहाँ उपस्थित लगभग सय जनाले ताली बजाएर सम्मान गरेका थिए ।
यो सम्मेलनमा “न्यूकलियर मेडिसिन”को नयाँ नयाँ प्रविधिबाट क्यान्सरको परिक्षण तथा उपचार सम्बन्धि अनुसन्धानहरु प्रस्तुत गरिएको थियो। यो सम्मेलन बिशेष रूपले न्यूकलियर मेडिसिनको नयाँ पद्धति “थेरानोस्टिक्स” मा आधारित थियो जस्मा न्यूकलियर मेडिसिन इमेजिङ र टार्गेटेड रेडियोन्युक्लाइड थेरापीलाइ कम्बाइन गरेर क्यान्सरको परिक्षण र उपचार निक्कै प्रभावकारी तरीकाले गर्न सकिन्छ। थेरानोस्टिक्सबाट क्यान्सरको उपचार संगसँगै उपचारको प्रतिक्रिया यानि ट्रीट्मेन्ट रेस्पोन्स पनि एकैपटक थाहा हुने हुनाले बिश्वमा यस पद्धतिमा निकै अनुसन्धानहरु भइरहेको छ।
मैले उक्त सम्मेलनमा थेरानोस्टिक्सबाट उपचार गर्दा क्यान्सर कोशहरुलाइ मात्र टार्गेट गर्ने र अन्य नर्मल कोशहरुलाइ मर्न नदिन लाग्ने रेडिएसन डोज मापन गर्ने अत्याधुनिक प्रविधि “भोक्जेल बेस्ड डोजिमेत्री जुन पर्स्नालाइज्ड थेरापी डोजिमेत्री हो” त्यस सम्बन्धि आफ्नो अनुसन्धान प्रस्तुत गरेकोे थिए। यो अनुसन्धान मैले कोरियामा पिएचडि गर्दा गरेकोे अनुसन्धान मध्येको एक बिषय थियो ।
(डा.अरुण गुप्ता,बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रेडियोलोजी बिभागका फ्याकल्टी हुन।)
