उदयपुर म्युजिकल कन्सर्टको सबै तयारी पुरा,सबै आईटमका प्रस्तुतीहरुको सम्मिश्रण र मसालेदार :आयोजकको दावी

Published: February 1, 2019 | 3:36 pm | शुक्रबार, माघ १८, २०७५ | ३३५० पटक पढिएको

भिजन नेपाल टिभी सवाददाता ,सोल

कोरियन नयाँ बर्ष सलनालको बिशेष अवसरमा फेब्रुअरी ४ तारिक सलनालको पहिलो दिन हुन गईरहेको प्रथम उदयपुर म्युजिकल कन्सर्टको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । नेपालबाट आउने सम्पूर्ण नयाँ पुराना ख्याती प्राप्त कलाकारहरुको भिसा लागी सकेको र आईतबारसम्म सबै इन्छन एयरपोर्टमा ओर्लने जानकारी समाजका अध्यक्ष मधुकर राईले बताए ।

 

यो पटकको सलनाललाई अविष्मरणीय बनाउन धेरै पछि भर्सटायल गायक शिब परियार , प्रथम नेपाल आईडलका फस्ट रनरअप साथै हाल-सालैका चल्तीका गायक निशान भट्टराई ,त्यस्तै चर्चित गायीका मिलन अमात्य नेवार , द भ्वाईसबाट नेपाली सांगीतिक आकाशमा बृहस्पती कै रुपमा उदयीमान गायीका श्रेया राई , दर्शकहरुलाई पेट मिचिमिची हसाउनको लागी काउली बुढी सन्ध्या , चिसो मौसमलाई च्यालेन्ज गराउन हट डान्सर सिता राई ,साथै जेबी नेम्वाङ्ग,सोनाम शेर्पा र बिनिता राई आईतबार राजधानी सोल आईपुग्ने भएका हुन् ।

 

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको बताउदै आयोजकले दर्शकहरुलाई अझ सहज होस् भन्ने हेतुले थोंग्देमुंन बाट ५ वटा बस पनि सचालन गर्ने भएको छ भने कार्यक्रम हलको साउण्ड सिस्टम र लाईटिङ्गको सबै तयारी पनि सकिएको आयोजकले जनाएको छ । कार्यक्रममा जम्मा ६० जना स्वयम् सेवक विभिन्न स्थानहरुमा खटाईने पनि जनाएको छ । भने अपवादमा हुन सक्ने घटनाहरुलाई पनि मध्यनजर गरेर स्थानीय प्रशासनहरुलाई जानकारी गराईएको आयोजकले बताएको छ ।

 

यो पटकको कार्यक्रममा नयाँ पुराना गीत समेटेर शिब परियारले स्टेज प्रस्तुती संगै कोरिया तताउने अनुमान गर्न सकिन्छ । उनको सदाबहार गीत ,पिउदिन भन्दा भन्दै पिलायो साथीले ,मेरो मायाले छुन्छ छुदैन… ,डार्लिङ्ग…. ,सुनको माया चादीको थालीमा एक चुम्बन कान्छीको गालैमा… ,पाकेर खाको फल मिठो काचैमा लाको माया मिठो… , गालैको कोठी हेरे तीन चोटी…. जस्ता सदाबहार गीतहरु प्रस्तुती दिने अनुमान गरिएको छ संगै लाईभमा शिब परियार संगै नाच्न गाउन पाईने निश्चित छ ।

 

यता प्रतिभाका धनी निशान भट्टराईले पनि उनको नयाँ गीतभिजिट भिसामा भन्दै स्टेजमा अन्य गीतहरु संगै ए. . भुन्टी जस्ता आधा दर्जन गीतमा आफ्ना फ्यानहरुलाई नचाउने अनुमान गरिएको छ । मिलन अमात्य नेवारले पनि बट.. स्लोली स्लोली जस्ता गीत संगै नया-पुराना उनको  गीतहरुद्वारा भरपूर्ण मनोरंजन दिलाउने छिन । अझ भनौ नेपाली सागीतिक आकाशमा उदयीमान गायीकाको रुपमा द भ्वाईसबाट आएकी र छोटो समयमै धेरै भन्दा धेरै आफ्नो फ्यानहरु बटुल्न सफल भएकी कम उमेरकी श्रेया राईले पनि उनको नया गीतहरु प्रस्तुती गर्दै कोरियन लाहुरेहरुलाई  स्टेजमै च्यालेन्जका साथ् प्रस्तुती दिदै मनोरंजन दिलाउने ठुलो अपेक्षा गरिएको छ ।

 

साथै काउली बुढी सन्ध्याले लोक दोहोरी गीतहरु संगै कमेडीबाट पेट मिची- मिची दर्शक दिर्घलाई कार्यक्रम हल छोड्न मन नै नलाग्ने गरी आफ्नो प्रस्तुती दिनेछिन भने सिता राईले पनि आफ्नो नृत्यद्वारा सिंगो कार्यक्रम हललाई तापक्रम प्लस गरिदिनेछिन साथमा अर्की नायीका लक्ष्मी खाहोङ्ग लिम्बुको पनि बेजोड प्रस्तुती रहने भएको छ । त्यस्तै गायक जेबी नेम्बाङ्ग ,बिनिता राई र सोनाम शेर्पाले पनि आफ्ना प्रस्तुतीहरुबाट कार्यक्रमलाई झनै रौनकता थपी उपस्थित सबैलाई मनोरंजन दिलाउने निश्चीत् अनुमान गरिएको छ ।

३३५१ Total Views ६ Views Today

Comments