“मैना रानी” यु ट्युब ट्रेन्डिङमा पर्यो : हेमा, सुनिल, जिबिहाङको खुशीले सिमा नाघ्यो

Published: January 13, 2019 | 5:09 pm | आइतवार, पुस २९, २०७५ | २०२७ पटक पढिएको

बिनोद बान्तावा राई, भिजन नेपाल टि भि,

पछिल्लो समय निकै भाइरल भएकि हेमा राई र अर्का चर्चित नव गायक सुनिल छिदाल को स्वर र चर्चित सङ्गितकार जिबिहाङ राइको सङ्गितका बनेको “मैना रानी” बोलको गित ट्रेन्डिङमा पर्न सफल भएको छ  । यस गितका रचनाकार डेनि लिम्बू हुन  । मैना रानी गितको भिडियोमा हेमा राई र सुनिल छिदाल आफैले फिचरिङ गरेका छन । शुटिङ हुँदै देखि चर्चामा आएको यो गित हिजो मात्र जिबिहाङ राई को यु ट्युब च्यानलबाट  सार्बजनिक भएको हो ।

भिडियो यहाँ छ

 


प्राय आइटम सङहरु या मुभीका सङ हरु ट्रेन्डिङमा पर्ने गर्दछन  तर आधुनिक लोक आधुनिक गितहरु ट्रेन्डिङमा पर्नु भनेको त्यस गितले नसोचेको सफलता पाउनु हो । अपलोड भएको छोटो समयमै तिब्र गतिमा भ्युज बढेको आधारमा यु ट्युबले ट्रेन्डिङ नम्बर निर्धारण गर्ने गर्दछ । या गित आज बिहानै देखि ट्रेन्डिङ मा आइरहेको छ भने अहिले #38 सम्म आउन सफल भएको छ । भिडियोको भ्युज ग्रोअप लाई हेर्दा  ट्रेन्डिङ #10 भित्र आउन सफल हुन सक्ने प्रबल सम्भावना छ  ।

 

२०२८ Total Views ६ Views Today

Comments