फेसबुकबाट लाइभ गर्दै किशाेरीमाथी सामुहिक बलात्कार

Published: January 11, 2019 | 7:42 am | शुक्रबार, पुस २७, २०७५ | १०४० पटक पढिएको

सामूहिक बलात्कारको घटना प्रायः सुनिरहेकै हो तर स्वीडेनमा एउटा यस्तो घटनाबाहिर आएको छ जुन सुनेर तपाइ आश्चर्यचकित बन्नुहुनेछ । स्वीडेनमा ३जना केटा मिलेर एक २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका छन् ।त्यति मात्रै होइन उनीहरुले बलात्कार गरिरहेको भिडियो फेसबुक पेजमा लाइभ समेत गरे ।

भिडियो देख्ने एक व्यक्तिले प्रहरीलाई फोन गरेका थिए । मिडिया रिपोर्टका अनुसार लाइभ भिडियो झण्डै तीन घण्टासम्म चल्यो । जोसेफिन नामक एक युवकले भिडियो देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुलिसले केही बेरमै घटनास्थल पत्ता लगाएर तीनै जनालाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

युवतीलाई मार्ने धम्की दिँदै उसैलाई आफ्नो शरीरको कपडा खोल्न लगाइएको दृश्य भिडियोमा देखिएको थियो । त्यसपछि पटक पटक तीनै जनाले ति युवतीलाई बलात्कार गर्छन् । स्वीडेनका स्थानीय मिडियाका अनुसार घटना स्टकहोको उत्तरमा रहको उप्पसलको एक घरमा भएको हो । एजेन्सी

१०४१ Total Views ३ Views Today

Comments