नेपाली बजारमा ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

Published: January 10, 2019 | 6:48 am | बिहिबार, पुस २६, २०७५ | १४१८ पटक पढिएको

काठमाडौँ / आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।

हिजो प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै हिजो ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६० हजार ४ सय रुपैयाँमा बारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय ६५ रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।

१४१९ Total Views ३ Views Today

Comments