यी हुन चार किलो सुनका मालिक
Published: January 4, 2019 | 5:46 am | शुक्रबार, पुस २०, २०७५ | २०८१ पटक पढिएको
काठमाडौं / बिहीबार राति धादिङको गजुरीबाट चार किलो सुनसहित पक्राउ परेका तीनजनाको परिचय खुलेको छ ।
गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका सुरेन्द्र तामाङ र २४ वर्षका विकास तामाङ चारकिलो सुनसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू चढेको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
२०८२ Total Views ६ Views Today