तालतलैयामा बनभोज खानेहरूको घुइचो : एकै दिन ३० हजार बढिको आगमन

Published: December 14, 2018 | 6:20 am | शुक्रबार, मंसिर २८, २०७५ | १४४२ पटक पढिएको

  • तेजबहादुर बन

इटहरी । गर्मि याम सकिएर जाडो मौसम सुरूवात भए लगत्तै यो बर्ष पनि प्रदेश एकका पर्यटकिय स्थलहरूमा बनभोज खानेहरूको लर्काे लाग्ने गरेको छ । त्यसो त जाडो मौसम बनभोजकालागि उत्तम समय पनि मानिदै आएको छ । प्रदेश एकमा रहेका दर्जनौ पर्यटकियस्थलहरू अहिले बनभोज तथा आन्तरीक पर्यटकहरूले भरिभराउ देखिन्छन ।

यसैबिच सुनसरीको इटहरीस्थित पर्यटकियस्थल तालतलैयामा पनि यो बर्ष बनभोजको मजा लिन आउने पर्यटकहरूको घुइचो लागेको छ । अन्य बर्षहरूको तुलनामा यो बर्ष थप ब्यवस्थित , चिल्ड्रेन पार्क संगै फनपार्क निर्माणलाई ब्यवस्थापन समितिले चासो दिदै उल्लेखनिय सुधार गरेपछि तालतलैयामा बनभोज तथा आन्तरीक पर्यटकहरूको घुइचो लागेको हो ।

मंसिरको पहिलो शनिबार मात्रै यस क्षेत्रमा एकै दिन १७० ग्रुप बनभोजकालागि आएको पर्यटकियस्थल तालतलैया संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बुले बताउनुभयो । यो बर्ष अन्य बर्षहरूको तुलनामा आन्तरीक पर्यटकहरूसंगै बाहिय पर्यटकहरूले पनि यहाको बाताबरण अवलोकन गरेको उहाको भनाइ छ ।

बनभोजकालागि प्रदेश एकका १४ जिललाहरू मध्ये यो बर्ष जनकपुर , पोखरा , काठमाण्डौ , बुटवल, धनुसा , सिरहा ,सपतरी लगायतको ठाउहरूबाट बनभोजक र बिद्यालय भ्रमण अवलोकनकालागि तालतलैया आएको पनि लिम्बुले बताउनुभयो । आसपास ब्यवस्थित होटल र लजको सुविधा नहुदा यहाँ आउने पर्यटकहरू आफुकहा गुनासो राख्ने गरेको पनि लिम्बुको भनाइ छ ।

   यस बर्ष जम्मा भएका पर्यटकहरूको भिडलाई ब्यवस्थित बनाउन शुरक्षाकर्मिहरू पनि थप गर्नुपरेको र अझै पर्यटकहरूको संख्या बढने अनुमान लगाउदै ब्यवस्थापनकालागि शुरक्षाकर्मिहरूको संख्या बढाउने तयारी भइरहेको उहाले बताउनुभयो । यस बर्षपनि ढुंगाले बनेको बिभिन्न आकृतिका मुर्तिहरू चिल्ड्रेन पार्क र हालै भित्र्याइएको जेटबोट पर्यटकहरूको रोजाइमा परेको संरक्षण समितिका अध्यक्ष लिम्बुले बताउनुभयो ।

यस्ता छन अबको योजना

पछिल्लो आन्तरिक संगै बाहिय पर्यटकहरूको पनि रोजाइमा पर्दै गाएको इटहरीस्थित रमणिय स्थल तालतलैयालाृइ बिकासकालागि थुप्रै योजनाहरू रहेका छन । जसमध्ये प्रमुख योजनाहरू यस प्रकारका रहेका छन ।

यहा भएका पोखरीहरूमध्ये २ ठुला पोखरीहरूलाई जोडेर एउटै बनाउने र करिब ८ देखि १० हेक्टर जमिनलाई टापु बनाएर थप मोटरबोट चलाउने योजना रहेको समितिका अध्यक्ष लिम्बु बताउनुहुन्छ । यसकालागि इटहरी उपमहानगरले यसै बर्षदेखि पर्यटन क्षेत्रको बिकासकालागि तालतलैयालाई रू ५० लाख बजेट पारित गरेको र प्रदेश सरकारले पनि ५० लाख बजेट दिने लगभग पक्का भइसकेको पनि उहाले बताउनुभयो ।

भएका सिमसारलाई अझ फराकिलो बनाइ थप मोटर बोट , जल परी जस्ता डुंगा ल्याएर पर्यटकहरूलाई आकर्षित बनाउने अर्काे मुख्य योजना रहेको उहाले जानकारी दिनुभयो । त्यस्तै अब सुरू हुने पिकनिकको बेला थप स्पोर्टहरूको निृमाण कार्य सुरू गरिने र पर्यटकहरूकालागि ब्यवस्थित शौचालय अनि खानेपानिको ब्यवस्था मिलाइने योजना अनुरूप समिले काम गरिरहेको पनि अध्यक्ष लिम्बुले बताउनुभयो ।

त्यस्तै तालतलैया आसपासका क्षेत्रहरूमा ब्यवस्थित होटलहरूको स्थापना र लामो बाटोबाट आएका पर्यटकहरूकालागि बास बस्ने उत्तम होमस्टेको स्थापना पनि तालतलैयाको योजना रहेको अध्यक्ष लिम्बुले बताउनुभयो ।

तालतलैयाका चुनौति

करीब २ शय हेक्टर जमिन ओगटेको भनिएपनि अहिले सम्म तालतलैयाको भु भाग कति भनेर कसैले मुल्यांकन र सिमा निर्धारण गर्न नसक्दा पर्यटकिय क्षेत्रको बिकासमा थप चुनौति देखिएको छ । यहि क्षेत्र निर्धारणकालागि नेपाल सरकारले पनि यसै बर्ष देखि तालतलैयामा डिपिआर तयार गर्ने हल्ला फिजाएको छ तर वास्तविकता भने बाहिर आएको छैन । निश्चित क्षेत्रफल निकाल्न नसक्दा अहिले तलतलैया सिमित क्षेत्रमा घेरा बन्दि गरि पर्यटकिय रूपमा बिकास भएको छ तर सिमानाकै कारण लामो समयदेखि समस्या उत्पन्न हुदै आएको छ ।

दोश्रो तालतलैया सम्म पुग्ने राजमार्ग भत्किएकाकारण दैनिक आउने पर्यटकहरूले निकै सास्ति खेप्नसपरिरहेको छ । यातायातको पहुच राम्रो पुगेको स्थानमा राजमार्ग भरी भएका खाल्डा खुल्डिले जोखिम पनि उत्तीकै बढाएको देखिन्छ । राजमार्गलाई ब्यवस्थित बनाउन सके पर्यटकहरू पनि तालतलैया तर्फ सहजै पुग्न सक्नेछन ।

तेश्रो टाढाबाट आएका पर्यटकहरूकालागि बस्नकालागि शुरक्षित होमस्टे तथा ब्यवस्थित लज नहुनु पनि पर्यटकियस्थलकोलागि एउटा चुनौति नै हो । टाढाबाट आएका पर्यटकहरु बस स्नुपर्दा नजकिैको शहर इटहरी धाउन बाध्य छन । तर इटहरीमा पन भिने जस्तो सेवा सुबिधा भएका लजहरु थेरै मात्रामा सिमित रहिदिएपछि आएका पर्यटकहरु निरास हुदै फर्कन बाध्य छन ।

१४४३ Total Views ३ Views Today

Comments