मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा, मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनलाई

Published: December 8, 2018 | 2:32 pm | शनिबार, मंसिर २२, २०७५ | १३१६ पटक पढिएको

काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् ।

 

उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

 

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

 

 

२०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।

उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकानले जितेकी छन्।

१३१७ Total Views ६ Views Today

Comments