नागरीक संग सम्बन्ध बढाउदै नेपाली सेना : शनिबार देखि बिविध खेलकुद कार्यक्रम सुरू

Published: November 24, 2018 | 1:39 pm | शनिबार, मंसिर ८, २०७५ | २७६५ पटक पढिएको

इटहरी / नागरिक समाज एवम् सैनिक सम्बन्धलाई प्रगाढ एवम् सुदृढ बनाउने उद्देश्यले नेपाली सेनाको पुर्वी पृतना मुख्यालयले अाजदेखि विविध कार्यक्रमहरूका साथ पृतना पति प्रथम खेलकुद अायोजना गरेको छ। अाजको पहिलो दिनको कार्यक्रम अन्तर्गत म्याराथन दौड, १० र ५ किलोमिटर महिला पुरूषहरूको दौड अायोजना गरिएको थियोे ।

म्याराथन दौडमा जीतेन्द्र सुवार प्रथम, गजेन्द्र राई दोस्रो एवम् याङदेन तेस्रो भएका थिए। त्यसैगरी पुरूषतर्फको १० किलोमिटर दौड प्रतियोगितामा, बिनोद लिम्वु प्रथम, हर्कबहादुर ल्वागुन दोस्रो र बालानन्द लिम्वु तेस्रो स्थान हासिल गरेका थिए।

त्यस्तै महिलातर्फको अर्को १० किलोमिटर दौडमा निकी लिम्व्ु प्रथम, चन्द्रकला भुजेल दोस्रो तथा शान्ता चौधरीले तेस्रो स्थान हासिल गरे। म्याराथनमा , प्रथम हुनेलाई नगद रू१५ हजार, दोस्रो हुनेलाई रू१२ हजार एवम् तेस्रो हुनेलाई नगद रू ७ हजार पुरस्कार राशि प्रदान गरिएको थियो ।

त्यसैगरी महिला-पुरूष १० किलोमिटर दौडमा प्रथम हुनेलाई नगद रू १० हजार, दोस्रो हुनेलाई रू ७हजार र ५ हजार नगद पुरस्कार राशि प्रदान गरिएको थियो । पृतना मुख्यालयको मैदानमा अायोजित खेलका विजेताहरू एवम् धावकहरूलाई पृतनापति उपरथी समिर शाही, शसस्त्र प्रहरीका शसस्त्र प्रहरी नायव उपरीक्षक मन्दिप श्रेष्ठ, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी लगायतले पुरस्कार एवम प्रमाण पत्र प्रदान गरेका थिए।

अाजको प्रथम दिन खेलकुदका साथै सेनासम्बन्धी विभिन्न सामाग्रीहरू, हातहतियार , फोटोहरू एवम् अन्य विविध सामाग्रीहरूको प्रदर्शनी समेत राखिएको थियो । पुर्वी पृतनाले अायोजना गरेको कार्यक्रम दुई दिनसम्म चलिरहने जानकारी रहेको छ।

२७६६ Total Views ६ Views Today

Comments