मन्त्री उपेन्द्र यादव भन्छन् : सरकारले आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति बनाउने छ
काठमाण्डौ, मंसिर, ६ / सरकारले आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति बनाउने घोषणा गरेको छ ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आँखाको उपचारमा सबैको सहज पहुँच पु¥याउने गरी आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति बनाउन लागिएको जानकारी दिनु भएको हो ।
बिहिबार काठमाडौंमा आयोजित आँखाको ट्रकोमा रोग निवारण समारोहलाई सम्बोधन गर्दै उहाँले भौगोलिक विकटताका कारण सर्वसाधारणले अझै सहज ढंगले आँखाको उपचार पाउन नसकेको उल्लेख गर्दै त्यसलाई सहज बनाउन सरकारले आँखा स्वास्थ्य सम्बन्धि रणनीति तयार पार्न पनि ढिलाई नगर्ने उल्लेख गर्नु भयो । कार्यक्रममा उपप्रधानमन्त्री यादवले आँखाको ट्रकोमा रोग निवारणमा उल्लेख्य योगदान दिएको भन्दै नेपाल नेत्र ज्योति संघको खुलेर प्रशंशा समेत गर्नु भयो ।
ट्रकोमा रोगलाई अन्धोपनको प्रमुख कारकको रुपमा लिने गरिन्छ । यो रोग निवारणका लागि नेपाल सरकारले सन् २००२ बाट नै राष्ट्रिय ट्रकोमा कार्यक्रम संचालन गरेको थियो ।