युएईमा जारी टि–१० क्रिकेटको पहिलो खेलमै सन्दीप बने प्लेयर अफ दि म्याच

Published: November 22, 2018 | 8:47 am | बिहिबार, मंसिर ६, २०७५ | १०२५ पटक पढिएको

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी टि–१० क्रिकेटको पहिलो खेलमा नै ३ विकेट लिदै उत्कृष्ट सुरुवात गरेका छन्। केरलाबाट खेलेका सन्दीपले आफ्नो २ ओभरमा तीन विकेट हात पारे जुन निकै महत्वपूर्ण रह्यो ।

सारजाहा क्रिकेट मैदानमा बुधबार राति टस जितेर पहिला ब्याटिङ गरेको शाहिद अफ्रिदीको टोली पख्तून्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। जसमा स्पिनर सन्दीपले २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएका थिए। उनले पहिलो ओभरमा नै २ विकेट लिएका थिए।

लिगको पहिलो खेलमा नै तीन विकेट लिएर सनसनी मच्चाएका सन्दीप लामिछाने म्यान अफ द म्याच बने । दुई ओभरमा मात्र १७ रन खर्चिएर तीन विकेट लिएका सन्दीप खेलको म्यान अफ द म्याच चुनिएका हुन् ।

उनले तीन जना मुख्य खेलाडीलाई आउट गरेका थिए ।

१०२६ Total Views ६ Views Today

Comments