सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट

Published: November 18, 2018 | 7:21 am | आइतवार, मंसिर २, २०७५ | ९ ८० पटक पढिएको

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताउनुभएको छ ।

शनिवार नेपाल पत्रकार महासङ्घ र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीको आयोजनामा पत्रकारका लागि भएको एकदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिम थुप्रै धार्मिक पर्यटनको सम्भावना रहेको क्षेत्र हो भन्नुभयो । यो प्रदेशमा भएको पर्यटकीय सम्भावनाको बारेमा सञ्चारमाध्यमले पनि प्रचारप्रसारमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा मन्त्री भट्टले नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमरराज भट्टराई र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीका नवनिर्वाचित अध्यक्ष महेशप्रसाद अवस्थीलाई सम्मान गर्नुभयो

९ ८१ Total Views ३ Views Today

Comments