विश्व स्काउटको झण्डासहित आमादब्लमको चुचुरोमा

Published: November 16, 2018 | 7:48 am | शुक्रबार, कार्तिक ३०, २०७५ | १२४७ पटक पढिएको

काठमाडौं । यसै वर्षको वसन्त ऋुतुमा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका युवा स्काउट प्रकाशराज पाण्डेले ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको आरोहण गरेका छन ।

गत हप्ता अर्थात २२ कात्तिकमा सो हिमालको सफल आरोहण गरेको आरोहणपछि काठमाडौं फर्केका पाण्डेले बताए ।

आरोहणको लागि आमादब्लम हिमाल विश्वकै तेस्रो जटिल (थर्ड मस्ट टेक्निकल माउण्टेन) हिमाल मानिन्छ । पाण्डेले आमादब्लम हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, विश्व स्काउट संगठनको झण्डा, विश्व स्काउटकै शान्तिको संवाहक (मेसेन्जर अफ पिस) को झण्डा र राष्ट्रिय युवा परिषदको झण्डा फहराएका थिए ।

हिमालयन एक्स्टासी ट्रेकिंग एण्ड एक्स्पीडिशन कम्पनी मार्फत गेसमान तामाङ्ग गाइडसंग पाण्डेले आमादब्लम हिमाल आरोहण गरेका हुन । विश्व स्काउट संगठनको आधिकारिक झण्डासहित सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पाण्डे विश्वकै पहिलो स्काउट मानिन्छन् ।

पाण्डेले विश्व स्काउटका प्रर्वतक लर्ड वेडेन पावेलको नाउँमा नामाकरण गरिएको रसुवाको लाङटाङ्गस्थित ५ हजार ८९० मिटर अग्लो ‘वेडेन पावेल स्काउट हिमाल’ दुई पटक सफल आरोहण गरिसकेका छन् भने सोलुखुम्बुकै ६ हजार १६० अगलो हिमाल ‘आइल्याण्ड पिक’ २०१६ मा चढेका थिए ।

आगामी वर्षबाट पाण्डेले सातै वटा महादेशको अग्लो हिमालहरु चढ्ने योजना राखेको बताए भने नेपालको पर्यटन प्रवद्र्धनका लागि विश्वभरका स्काउटहरुलाई नेपाल भित्र्याउने पहल गर्ने समेत बताए ।

रामेछाप, लिखु तामाकोशी गाउपालिका ७ तिल्पुंगमा जन्मेका पाण्ड हाल महालक्ष्मी नगरपालिका २ इमाडोलमा बस्दै आएका छन् । उनी विभिन्न विद्यालयमा स्काउट कक्षा सञ्चालन गदै आएका छन् ।

१२४८ Total Views १५ Views Today

Comments