इटहरीमा पहिलोपटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता

Published: November 12, 2018 | 6:46 am | सोमवार, कार्तिक २६, २०७५ | ११९ ३ पटक पढिएको

  • कृष्ण कला राई

इटहरी / इटहरीमा पहिलोपटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता अायोजना गरिएको छ। प्रदेश नं. १ बाट, बास्केटबल खेलको शुरूवात मानिने यो खेल अहिले अाएर यस खेल प्रती सम्बन्धित निकायको ध्यानाकर्षण नहुँदा अावश्यक पहल गर्नुपर्ने अवस्था देखिन्छ । सगरमाथा युवा क्लबको अायोजनामा अन्तर प्रदेश १. एक स्तरीय बास्केटबल प्रतियोगिता सम्बन्धि अाज पत्रकार सम्मेलनमा गरिएको छ।

सगरमाथा युवा क्लबको मुल अायोजनामा हुन गइरहेको बास्केटबल प्रतियोगितामा, प्रदेश १ अन्तर्गतका झापा, मोरङ्ग एवम् सुनसरी जिल्ला १४ वटा टिमहरू सहभागी हुनेछन् ।

प्रदेश १ अन्तर्गतका झापा, मोरङ्ग एवम् सुनसरी जिल्ला भरिका १४ वटा टिमका खिलाडीहरू सहभागी हुने यस खेलको माध्यमबाट अापसी भाइचारा बढाउनका साथै प्रदेश १ बाट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरि राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको जानकारी अायोजकले दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै , सल्लाहकार समिति अध्यक्ष सिजन गुरूङले बास्केटबलको क्रेज घट्दै गइरहेको अवस्थामा एवम् राज्यको पनि खासै ध्यानाकर्षण नभएको अवस्थामा यस प्रतियोगिताको अायोजना गरिएको एवम् पुर्वाञ्चलका खेलाडीहरूलाई चिनाउने एक अवसरको रूपमा लिएको बताए । कार्यक्रम सञ्चालक सुनसरी बास्केटबलका अध्यक्ष विकास चाम्लिङले यस प्रतियोगिताबाट, ८अौं राष्ट्रिय प्रतियोगितामा सहयोग हुने बताए ।

प्रतियोगितामा विजेता टिमलाई रू३० हजार , उपविजेता टिमलाई रू१५ हजार, ट्रफि एवम् मेडल प्रदान गरिनेछ भने, प्रतियोगिताको एम.भि.पि.( मोस्ट भ्यालुएवल प्लेएर)उपाधि विजेताले नगद पुरस्कार एवम् गिफ्ट ह्यामपर प्राप्त गर्नेछ। रविन राउतको संयोजकत्वमा अन्तर प्रदेश नं.१स्तर बास्केटबल प्रतियोगिता भोलि कार्तिक २७ गते, सगरमाथा खेल मैदान, इटहरी २०मा पहिलो गेम सहित उद्घाटन हुनेछ , भने मंसिर २ गते फाइनल खेल एवम समापन कार्यक्रम रहेको छ।

११९ ४ Total Views ३ Views Today

Comments