१७ लाखको रिचार्ज कार्ड चोरेर ससुरालीमा लुकाउने रोल्पाका पुन पक्राउ

Published: November 1, 2018 | 5:51 am | बिहिबार, कार्तिक १५, २०७५ | ६९ ५ पटक पढिएको

प्रहरीले २३ असाेजमा दाङको भालुवाङबाट १७ लाखकाे रिचार्ज कार्ड चोरी गर्ने आरोपीलाई रोल्पामा विक्री गरिरहेको अवस्थामा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङको विशेष टोलीले रोल्पाका दलबहादुर पुनलाई घटनाको २१ दिनपछि पक्राउ गरेको हो।

पुनले दाङबाट चितवन लैजादे गरेको १७ लाख रूपैयाँ बराबरको नेपाल टेलिकमको रिजार्ज कार्ड भालुवाङमा बाटोमै चोरी गरेका थिए।

प्रहरी उपरीक्षक कृष्णहरी शर्माकाअनुसार पुनले चोरी गरेका कार्ड रोल्पाको थवाङ गाउँपालिका- २ अन्तर्गतका क्षेत्रमा वेचविखन गरीरहेका थिए।

अनुसन्धानमा चोरी गरेका रिचार्ज कार्ड प्युठानको स्वर्गद्वारीमा रहेको पुनको ससुराली घरमा लुकाएको अवस्थामा बरामद भएको हो।

‘चोरी गरेको कार्डमध्ये केही बेचबिखन र केही ससुरालीमा लुकाएको अवस्थामा बरामद भएको छ। अभियुक्तलाई चोरी मुद्दामा कारवाही गरिरहेका छौं,’ उपरीक्षक शर्माले नेपालखबरसँग भने।

६९ ६ Total Views ३ Views Today

Comments