बारामा एक बृद्धको घाँटी रेटी हत्या

Published: October 28, 2018 | 5:10 am | आइतवार, कार्तिक ११, २०७५ | २५४९ पटक पढिएको

बारा / बाराको कलैया उपमहानगरपालिका–२३ कोइया टोलमा एक बृद्धको घाँटी रेटी हत्या भएको छ ।

स्थानीय ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्या भएको बारा प्रहरीले जानकारी दिएको छ ।

श्रीमतीसहित गोठमा बस्दै आएका कुर्मीको घर नजिकैको आँपको बोट मुनी शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

२५५० Total Views ३ Views Today

Comments