रातो कमलको फूल हेर्न चिनियाँ पर्यटक

Published: October 26, 2018 | 7:17 am | शुक्रबार, कार्तिक ९, २०७५ | १०१० पटक पढिएको

धम्बोझी / बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो ।

चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ । उक्त टोलीको नेतृत्व गर्दै त्यसको संयोजन बर्दिया क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य तिलक शर्माले गर्नुभएको छ भने अन्य आवश्यक व्यवस्था पर्यटन व्यवसायी देवराज जैसीले गर्नुभएको छ ।

बर्दिया जिल्लामा पर्यटकीय सम्भावना के के छन् भन्ने विषयमा सम्भावनाको अध्ययन गरिसकेपछि चिनियाँ टोलीले स्वदेश फर्किएर चिनियाँ सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

१०११ Total Views ३ Views Today

Comments