माछा मार्न जाँदा लडेर मृत्यु

Published: October 26, 2018 | 7:01 am | शुक्रबार, कार्तिक ९, २०७५ | २३३० पटक पढिएको

बाजुरा / माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर हिडेका उनी रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा एक ढुङ्गाबाट चिप्लिएर अर्को ढुङ्गामा पछारिएर मृत्यु भएको पाइएको आफन्तले बताएका हुन् ।

उनले बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आएका थिए ।

२३३१ Total Views ३ Views Today

Comments