गायक सुहाङ लिम्बुको ‘बेरुवा औँठी ..’ रेकर्डिङ सम्पन्न: छिटै दोश्रो एल्बम बजारमा ल्याउने

Published: October 10, 2018 | 6:42 am | बुधबार, अशोज २४, २०७५ | १६०९ पटक पढिएको

     बिनोद बान्तावा राई , भिजन नेपाल टि भि
       अहिलेका चर्चित युवा गायक तथा सङ्गितकार सुहाङ लिम्बुको शब्द ,सङ्गीत र स्वरमा सजिएको रोमान्टिक गित ” बेरुवा औँठी ..” गितको रेकर्डिङ सम्पन्न भएको छ । अत्यन्तै मिठो उक्त गितमा रुबिन जोयले एरेन्ज गरेका छन । पछिल्लो समय बाल प्रतिभा मनिश लिम्बुलाइ पाचथरबाट काठ्माण्डौ ल्याएर चर्चित बनाएका उनै गायक सुहाङ लिम्बुको दोश्रो गीति एल्बम पनि  छिटै नै सर्बजनिक हुने भएको छ  ।
        लगभग एक दसकदेखि नेपाली गित सङ्गीत मा समर्पित सुहाङ लिम्बू का ” निरमाया तिमिले .. लगायत दर्जनौ दर्जन गित हरु चर्चित छ्न भने उनी अभिनयमा पनि उतिकै पोख्त छन । केही दिन अगाडि मात्रै पनि देश भक्त गित “मेरो देश..” अहिले चर्चाको शिखरमा छ। उक्त गितमा सुहाङ लिम्बुकै शब्द  स्वर सङ्गित छ भने स्वरमा मनिश लिम्बू ले पनि साथ दिएका छन भने सुहाङ लिम्बू मनिश लिम्बू माङ्गेना लिम्बू आदिले फिचरिङ गरेका छन ।
        यस अगाडि नै पनि “उस्को अनि मेरो कथा ” एल्बम सार्बजनिक गतिसकेका सुहाङ लिम्बु ले थुप्रै लिम्बू गित हरुमा पनि शब्द सङ्गीत स्वर र फिचरिङ गरिसकेका छन । यी गितहरु यु ट्युब मा Suhang Limbu टाइप गरेर पनि सुन्न सक्नुहुनेछ ।
१६१० Total Views ३ Views Today

Comments