दुईतिहाईको दम्भले सरकार प्रेस विरोधी बन्योः दीपक गिरी

Published: October 10, 2018 | 1:27 am | बुधबार, अशोज २४, २०७५ | १५०२ पटक पढिएको

काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले दुर्इतिहाई दम्भ बोकेको सरकारले प्रेस विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखाको मंगलबार सातौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता गिरीले सरकारले विभिन्न वाहानामा प्रेसलाई तर्साएर आफू अनुकूल उपयोग गर्ने नीति बनाएको बताए । कांग्रेस सधैं स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्दै गिरीले प्रेस विरोधि गतिविधि आफूलाई सैह्य नहुने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य गिरीले जनता जागरुक भएकाले वर्तमान कम्युनिस्ट सरकारको झुटको राजनीति चाडै अन्त्य हुने बताए ।नेता गिरीले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न नसकेको, दशैँको मुखमा महंगी बढाएको, भ्रष्टाचारले चरम सीमा पार गरेको समेत आरोप लगाए ।

उनले वर्तमान सरकारको कार्यशैलीप्रति तिव्र विरोध गरे । उनले यस्तै फोहरी कृयाकलाप जारी राखे दशैँपछि सरकारी कृयाकलापप्रति कडा रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिए ।

नेता गिरीले विभिन्न वहानामा मुलुकको समृद्धिलाई पछि धकेल्ने छुट कसैलाई नभएको भन्दै समृद्धिको सवालमा आफ्नो पार्टीकको सहयोग रहने स्पष्ट पारेका छन् ।कांग्रेस नेता गिरीले आफ्ना स्वर्गीय शिव गिरीको नाममा एकलाख राशिको अक्षयकोष स्थापनाको घोषणा समेत गरेका छन् ।

प्रजातन्त्र प्राप्तिको संघर्षका क्रममा सातवर्ष लामो जेल जीवनयापन गरेका स्व.शिव गिरीको नाममा स्थापित अक्षय कोषबाट हरेक वर्ष एकजना पत्रकारलाई पुरस्कृत गरिनेछ । स्व.शिव गिरी कांग्रेसका नेता स्व.खुमवहादुर खड्काका सहपाठी थिए । गिरीको विस २०५७ मा निधन भएको हो ।

१५०३ Total Views ३ Views Today

Comments