एउटा यस्तो जोडी, जसले २० महिलाको हत्या गरेर मानव अंग तस्करी गरे

Published: October 9, 2018 | 10:10 am | मङ्लबार, अशोज २३, २०७५ | १४९ ९ पटक पढिएको

मेक्सिकोमा एक जोडीले मानिसहरुको हत्या गर्दै उनीहरुको अंग तस्कर गर्ने गरेको गम्भीर घटना खुलासा भएको छ।

विभिन्न समयमा राजधानी मेक्सिको सिटीबाट मानिसहरु हराउने क्रम जारी रहेपछि मेक्सिकोका विशेष प्रहरीले अनुसन्धान थालेका थिए।

सोही क्रममा अभियुक्त जुवान कार्लोस तथा पाट्रिसिया (महिला)लाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कार्लोसले अदालतमा २० महिलाको हत्या गरेको स्वीकार गरेका छन्।

हत्यामा पाट्रिसियाले कार्लोसलाई सघाउने गर्दथिन्। यस घटनामा अनुसन्धानमा खटेका प्रहरीले अभियुक्तहरुको फ्ल्याटबाट मानव अंगहरु फेला पारेको छन्।

फ्रिज, तथा विभिन्न भाडाकुडामा ती अंगहरु राखिएको थियो। प्रहरीले उनीहरु मानव अंग तस्करमा लागेको बताएका छन्। तर कसलाई बेच्छन् भन्ने विषय अनुसन्धानको क्रममा रहेका बताए।

हत्या भएकी महिलाको शिशु बेचिन्थे

अभियुक्त जुवान कार्लोस तथा पाट्रिसियाका छिमेकीहरुले उनीहरुले जहिल्यै बच्चालाई खेलाउने सानो गाडी डोर्याउने गरेको प्रहरीलाई बताएका थिए।

प्रहरीले गत सेप्टेम्बरमा २८ वर्षिय महिला न्यान्सी ह्वीट्रोन हराएपछि उनको खोजी गरिरहेको थियो।

सोही क्रममा अभियुक्तहरुले न्यान्सीको २ महिने शिशु भ्यालेन्टिना बाटोमा डोर्याइरहेको भेटिएपछि उनीहरुले हत्या गरिएका महिलाका शिशुहरु बेच्ने गरेको समेत खुलासा भएको छ।

अभियुक्त कार्लोसले न्यान्सीको हत्या आफैले गरेको स्वीकार्दै उनले कम्तिमा २० जनाको हत्या गरेको कबुल गरे। उनले २३ वर्षीया अर्लेट ओल्ग्वीन तथा २९ वर्षीया इभलिन रोजासको समेत हत्या गरेको प्रहरी समक्ष बयान दिए।

प्रहरीका अनुसार महिलाहरु हत्या हुनुपूर्व पुरुष अभियुक्तले उनीहरुको बलात्कार समेत गर्दथे।

१५०० Total Views ६ Views Today

Comments