अफगानिस्तानमा भीषण हवाई कारबाही : २८ जना मारिए

Published: October 9, 2018 | 2:13 am | मङ्लबार, अशोज २३, २०७५ | ३५०३ पटक पढिएको

उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ ।

आइतबार साँझ अफगान र अमेरिकाआबद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस हवाई कारबाहीमा परी तालिवानका दुई स्थानीय कमाण्डर कारी अब्दुल्लाह र रहमातुल्लाहको समेत मृत्यु भएको बताइएको छ । अफगान सुरक्षा बल र नेटो आवद्ध सयुक्त गठबन्धनले तालिबानविरुद्ध हवाई र स्थल आक्रमणमा केही महिनायता तिब्र बनाएको छ ।

यही अक्टोबर महिनाको २० तारिखमा अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनलाई ध्यानमा राखेर तालिबानविरुद्ध अफगान र नेटोआवद्ध सैनिकले भीषण कारबाही सुरु गरेका छन् ।

३५०४ Total Views ३ Views Today

Comments